शास्त्रले सिकाएको पाठ : राजनीतिकर्मीका के-के हुन्छन् कर्तव्य ?

डा. प्रकाश ढकाल,

काठमाडौं । प्रजापालन राजाको प्रमुख कर्तव्य हो । संसारमा चलेको धर्म व्यवस्थाको मूल कारण नै राजा हो । राजा तथा शासक कामबाट उत्पन्न हुने शासकका दस र क्रोधबाट उत्पन्न हुने आठ दोषहरूबाट बच्नुपर्छ । राजाको भयको कारणले गर्दा कसैले कसैको सम्पत्ति एवम स्वतन्धत्रतामा हडप गर्न सक्दैन । ईश्वरले  सम्पूर्ण प्राणीहरूको रक्षक जगत्को धर्मरूप ब्रह्माको तेजपुञ्जबाट निर्मित पान्च भौतिक शरीर स्वरूपको रूपमा राजालाई प्रकट गरेका हुन् । यसको आशय राजाको सृष्टिको कारण नै प्रजा रक्षण हो ।

राजाको प्रजा उपर कुनै रक्षा एवम् सही मार्ग निर्देशन भएन भने समाज दुष्टहरूको चङ्गुलमा फस्न पुग्दछ । रक्षा गर्ने राजा अथवा राजप्रतिनिधिको अभावमा कसैको सम्पत्ति छोरा छोरी पत्नी घरबार कुनै पनि चिजको सङ्ग्रह व्यर्थ हुन्छ । राजाको हेरबिचार निगरानी भएन भने निच मनोवृत्तिका मानवहरूको कारण मातापिता, वृद्ध, गुरुजन एवम् अतिथिहरूले समेत दुःख पाउँछन् । 

राजाले राज्यमा सबै प्रजा मातहत रहेको दण्डनीति मार्फत् शासनले नै प्रजाहरूको रक्षा हुन्छ । राजाको उत्तरदायित्व न्यायोचित दण्डको व्यवस्था गर्नु, शास्त्र निर्देशित नियम अनुसार वर्णाश्रमको रक्षा गर्नु तथा मार्गविहिन भएकाहरूलाई सत्मार्गमा दोहो¥याउनु पनि राज उत्तरदायित्व हो । राजाले राज्यमा मात्र समय व्यतित गर्नु हुँदैन । जसरी आÏनो  दुलोमा  मात्र बस्ने मुसालाई सर्पले निल्दछ, परदेश नजानेको नबुझेको ब्राह्मणको पनि कुनै अस्तित्व हुँदैन त्यसरी नै अन्य देश विदेश नघुमेको अरुको विरोध गर्न नसक्ने शान्तिमूर्ति राजालाई पृथ्वीले निल्दछिन् । यसको आशय सबैभरी क्रियाशील रहनु नै राज्यको विशेष पहिचान हो ।

मनुस्मृति,याज्ञवल्क्यस्मृति,महाभारत लगायतका विभिन्न ग्रन्थहरूमा पनि राजाको कर्तव्यका बारेमा जानकारी पाइन्छ । आधुनिक समयमा पनि विभिन्न राज्यहरूमा  राजा अथवा राष्ट्रपतिका कर्तव्यहरू पनि सुनिन्छ । नेपालको सविंधान २०७२ मा पनि राष्ट्रप्रमुखको कर्तव्यलाई विशेष महत्व दिइएको छ ।  राजाका प्रमुख कर्तव्यहरूमा निम्न छन् ।

प्रजारक्षण
प्रजाको रक्षा गर्नु नै राजाको महान् धर्म हो । प्रजाबाट धर्मानुकूल कर ग्रहण गर्नु, आलस्यलाई त्याग्नु, प्रजा वर्गको सुरक्षाको  राम्रो व्यवस्था मिलाउनु पनि राजाको कर्तव्य भित्र पर्दछन् । राजाले आलस्य छोडेर कसैका उपर रागद्वेष नलिइकन प्रजाको रक्षा गर्छ, प्रजाहरूलाई दान दिन्छु भने त्यस्ता राजासँग जनताहरू अनुरक्त हुन्छन् । शास्त्रको विरुद्ध हिँड्ने राजा न धर्म हासिल गर्दछन् न अर्थ त्यस्तालाई धन मिले तापनि खराब  काममा नष्ट भएर जान्छु । 

जसरी बगैँचामा रहेका तमाम पूmलहरूलाई मालीले रक्षा गर्दछ । मालीले झँै जनताको ख्याल बिचार पु¥याउने राजा धेरै कालसम्म राज्यको उपभोग गरिरहन्छन् । आधुनिक विश्व राजनीतिक रंगमञ्चमा पनि जनताको मन जित्न सफलहरू नै राज्यको सुविधामा पद प्रतिष्ठामा आसिन छन् । एकपटक निर्वाचन जितेपछि जनतालाई सेवा सुविधा सहित रक्षा गर्न सक्नेहरू नै बारम्बार बिजय प्राप्त गर्छन् । राजाले असहाय बृद्धहरू अन्धा,लँगडा,पागल,विधवा,अनाथ,रोगी,गर्भवती स्त्रीहरूको रक्षा गर्नुपर्दछ ।

धनबिना राज्य चल्दैन । निर्धन व्यक्तिको आदर पनि गर्दैनन् । राजाले सदा प्रजाको कल्याण कामना गर्नुपर्छ । कर संग्रह गर्दा देश, काल, पात्रको ख्याल राख्नुपर्छ । भ्रमराले जसरी पूmललाई नोकसान नपु¥याईकन रसापान गर्छ, माहुरीले जसरी मधु संचय गर्छ, गाई दुहुँदा जसरी बाछाको भागको ख्याल राख्नुपर्छ, कर संग्रह गर्दा पनि यही रितले गर्नुपर्छ । बिपत्ति एवम् अनिकालको समयमा  राजाले आÏनो ढुकुटीबाट भोजन आदिको व्यवस्था गरेर प्रजापालन गर्नुपर्दछ । राजाबाट समाज सेवा एवम्  परोपकारका कार्यहरू सुचारु भएको खण्डमा जनताहरूमा पनि सेवा एवम् परोपकार गर्ने परिपाटी बस्दछ ।

वर्णाश्रमको नियम पालन
जसले धर्मको रक्षा गर्दछ,त्यसको रक्षा धर्मले गर्ने भएको हुनाले धर्मको हानी हुँदैन । ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम, सन्यास आश्रम गरी चार प्रकारका आश्रमहरू शास्त्रमा विहित छन् । ब्रह्मचर्य आश्रममा क्षौर विधि,यज्ञोपवित विधि, वेद विधि गरी समावर्तन गरिन्छ । गृहस्थाश्रममा विवाह गरेर अग्नि होमादि कार्य सम्पन्न गर्दै यज्ञादानादि कार्य गरिन्छ । वानप्रस्थाश्रममा आÏना इन्द्रियहरू संयममा राखी स्त्रीलाई समेत साथमा लिई वा स्त्रीलाई छोरा नातीको संरक्षणमा छोडी वन प्रस्थान गरिन्छ । वानप्रस्थाश्रममा धर्मयज्ञ पुरुषहरू आरण्यक शास्त्रको अध्यन गर्दै वानप्रस्थधर्म पालन गरी बस्दछन् । वानप्रस्थाश्रम छोडेर सन्यास ग्रहण गरिन्छ ।

उल्लेखित चारै आश्रम ब्राह्मणहरूका निम्ति हो । अन्य तिन वर्णले सम्पूर्ण आश्रमको अनुसार गर्दैनन् । ब्राह्मणका निम्ति वेदाध्ययन महत्वपूर्ण हो । क्षत्रीयहरूका निम्ति प्रजापालन एवं रक्षा कर्म महान् हो । वैश्यहरूका निम्ति व्यापार व्यवसाय महान् हो । शूद्रहरूका निम्ति सेवा महान् हो । राज्यमा रहेका सम्पूर्णलाई आ आÏनो वृत्तिमा दत्तचित्त बनाउनु राजाको कर्तव्य हो । गृहस्थाश्रम रहेकालाई गृहस्थ धर्ममा  प्रतिबद्ध बनाउनु, ब्रह्मचर्याश्रम रहेकालाई ब्रह्मचचर्याश्रम प्रतिबद्ध बनाउनु बानप्रस्थाश्रम रहेकालाई बानप्रस्थाश्रम मै प्रतिबद्ध बनाउनु गृहस्थाश्रममा रहेकालाई गृहस्थधर्ममा प्रतिबद्ध बनाउने काम राजाको हो । मरेपछि अरु सबै छोडेर जानु पर्ने अवस्था र संँगै जाने भनेको धर्म नै भएकोले धर्मको रक्षका लागि विशेष जोड दिनुपर्छ । संसारमा क्षात्रधर्म नै सम्पूर्ण धर्म भन्दा श्रेष्ठ, सनातन नित्य, अविनाशी र मोक्षसम्म पु¥याउने सर्वतोमुखी शक्ति पनि हो ।

राज्यमा  रहेका सम्पूर्ण मन्त्री जनता, सैनिक, पूजारी लगायतमा वर्णाश्रम धर्म नियमको पालना गराउनु राजाको परम कर्तव्य हो । आधुनिक समयमा भन्ने हो भने  प्रत्येक मानिसलाई आ–आÏनो पेशा व्यवसाय  कर्ममा  प्रतिबद्ध बनाउनु, मतिभ्रष्ट हुनबाट रोक्नु पनि राजाको परम कर्तव्य हो ।  जसको कारणले देशमा बेरोजगारीको समस्या नआओस् । राष्ट्र एवम् राष्ट्रियताको पक्षमा सधैं आवाज बुलन्द होस् भन्ने हो ।

दोषीलाई दण्ड दिँदै न्याय प्रदान गर्नु 
आफ्नो राज्यलाई समृद्ध बनाउन राज्य अकण्टक राख्न राजाले धेरै कर्म गर्नुपर्दछ । दण्डले नै यस संसारलाई सत्यमा अडाएको छ । सत्यमा धर्मको स्थिति छ । धर्मकै न्याय अनुसार दण्ड विधान हुनु पर्दछ । दण्डको मुख्य उद्देश्य दुष्टलाई दमन गर्नु हो । दण्डको विधान, दण्ड दिने दस स्थान जसलाई दण्ड दिनुपर्ने हो त्यसलाई दण्ड नदिनाले र निर्दोषलाई दण्ड दिने राजाको लोकमा निन्दा हुनुको साथै मरेपछि नरकको भागी हुन्छ । 

धर्म र अर्थको परित्याग गरी खाली कामको मात्र सेवन गर्दछ । अनि उसको  बुद्धि भ्रष्ट हुन्छ । बुद्धिभ्रष्ट हुनु नै मोह हो । मोहले धर्म र अर्थ दुबैको नाश गर्दछ । यदि राजाले दुष्ट दुराचारीहरूलाई दण्ड दिएर आÏनो नियन्त्रणमा राख्न सकेनन् भने  प्रजाहरू निराश हुन्छन् । यस्तो अवस्थामा राजाको साथमा कुनै पनि प्रजा रहँदैनन् । प्रजा विहिन राजाको औचित्य नै संकटमा हुन्छ ।  तसर्थ राजाले दुष्टहरूलाई दण्ड दिएर राज्यका  सोझा  प्रजाहरूको रक्षण गर्नुपर्दछ ।

न्याय प्रदान
राजाले आÏनो देशका  प्रजाहरू उपर समयाभाव राख्नुपर्दछ । राजाले प्रजाको रक्षा गर्नु ठूलो धर्म हो ।  जनता जनता बिच भएका कुनै पनि विवादमा राजाले आफु प्रत्यक्ष सहभागिता देखाउनु हुँदैन । जसले गल्ती गरेको छ । त्यसलाई दण्ड दिई निर्दोष एवम् पीडितलाई न्याय दिनु पनि राजाको  कर्तव्य हो । स्वच्छ पानीले भरिएको भएपनि गोही बसेको तलाउमा कोही नगएझैँ दुष्ट मन्त्रीको  सल्लाहमा चल्ने राजासँग कोही पनि जाँदैनन् । सोही अनुरूप सर्वगुण सम्पन्न भएर पनि दुष्ट मन्त्रीका भरोसामा राज्य चलाउने  राजा सज्जन पुरुषको आश्रय बन्दैनन् । धर्म राजा र प्रजा दुवैका लागि अनुल्लङ्घनीय मर्यादा भएकोले हिन्दुराज्य शासनलाई धर्मशासन भनिन्छ । 

राजाले आÏनो  राज्यमा  रहेका  घटनाहरूका मुख्य दोषी एवम् सामाजिक कामका मुख्य दुष्टहरूलाई कार्वाही गर्नुपर्दछ । दुष्टहरू उपर सजाय दिई राज्यमा भरोसा एवम् शान्तिको वातावरण बनाउनु राजाको कर्तव्य हो । महाभारतकालमा बढेको समाज अनुसार नै धर्म, संस्कृति राज्य व्यवस्था आदिमा पनि विस्तार भएको अवगत हुन्छ । राजाको प्रभावकारीतामा विशेष विकास भएको छ । तापनि वैदिक विधि विधानद्वारा नै राज्याभिषेक आदि कर्म हुन्थे र आज पनि तदनुरूप नै हुँदैछन् । आधुनिक राजनीति शास्त्रका विवेचकहरूले अनुबन्धवादको महाभारतकालमा विकास भएको पाइन्छ भन्दछन् । तर महाभारतको अनुशीलनबाट राजनीतिक अनुबन्ध नभएर,राजाको प्रजारञ्जन तथा रक्षा मुख्य धर्म मानिएको तथा प्रजाले राजालाई विष्णु (व्यापक) स्वरूप मानेकोले राम्रो सम्बन्ध रहेको बुझिन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement