शेयर बजारमा २० अंकको ‘करेक्सन’, एकैदिन उचालिएको नेप्से फेरि किन ओरालो ?

काठमाडौं । बुधबार बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २०.६३ अंकले घटेर १४१६.६१ अंकमा आइपुगेको छ । आइतबार १४०० भन्दा तल आइपुगेको बजार सोमबार एकैपटक ४४ अंकले बढेर १४३४ अंकमा पुगेकोमा मंगलबार स्थिरजस्तै भएको थियो । बुधबार भने सोमबारको उच्च वृद्धिलाई करेक्सन गर्दै बजार २५ अंकले घटेको हो । 
सोमबार बजार बढ्नुलाई कतिपयले तरलता व्यवस्थापनबारे बैंकहरुको सहमति र राष्ट्रबैंकले बजारमा पठाएको ५ अर्ब रुपैंयालाई माने पनि मार्जिन कर्जाको दर परिवर्तन हुने बजारहल्लाले परिसूचक आकाशिएको बताइएको छ । शेयर बजारलाई प्रभावित पार्ने सबैभन्दा बलियो र प्रत्यक्ष तत्व भनेकै मार्जिन कर्जा हो । एक बजार विश्लेषकका अनुसार २० प्रतिशत मार्जिन कर्जा बढ्दा शेयरबजार जति उचालिन्छ, त्यति अनलाइन ट्रेडिङ वा एनआरएनको लगानी अनुमति जस्ता समाचारले पनि उचालिँदैन, बजारमा गलत सूचना प्रसारित गरेर लगानीकर्ता संघहरुले लगानीकर्तामाथि खेलबाड गरेका छन् । अहिले ५० प्रतिशत रहेको मार्जिन कर्जा ६० देखि ७० प्रतिशतसम्म पुर्याउने छलफल भएको र सोको लागि राष्ट्रबैंक सकारात्मक भएको समाचार बाहिर आए पनि भित्रभित्र मार्जिन बढाउन राष्ट्रबैंक तयार भइसकेको भन्ने हल्ला चलाइएको थियो । तर मंगलबारसम्म पर्खेका लगानीकर्ताहरुले कुनै ठोस निर्णय नभएसँगै फेरि शेयर बिक्री गर्न थालेपछि बजारले फेरि पहिलेकैे बाटो समातेको हो । 
आज बजारमा कारोबारको अवस्था निराशाजनक देखिएको छ । आज १५५ ओटा स्क्रिपहरु कारोबार हुँदा कारोबार रकम ४४ करोड ५५ लाख रुपैंयामा सीमित भएको छ । बजारमा २१ रुपैंया घटेर अन्तिम कारोबार भएको नेपाल टेलिकमको ४ करोड ३० लाखको कारोबार नै सर्वाधिक कारोबार बन्यो । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement