संघीय नेपालमा १३ ओटा दल अस्तित्वमा, कुन प्रदेशमा कति दल ?

काठमाडौं । संघीयतालाई संवैधानिक रुपमा संस्थागत गर्दै बनेको संविधानअनुसार पहिलोपटक भएको निर्वाचनमा १३ ओटा दलले आफ्नो अस्तित्व जोगाएका छन् । तीमध्ये ५ ओटा दलले आफूलाई राष्ट्रिय पार्टीको दर्जा पाउने सम्भावना छ । शुक्रबार निर्वाचन अायोगले सार्वननिक गरेको प्रदेश समानुपातिक मतपरिणामअनुसार उक्त नतिजा देखिएको हाे । 

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल राष्ट्रिय दल बन्न सफल भए पनि त्यसको औपचारिक घोषणा भएको छैन । तर संघीय नेपालमा १३ ओटा दलले भने आफ्नो अस्तित्व जोगाएका छन् । त्यसमध्ये तीन दलहरु नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले सबै प्रदेशहरुमा उपस्थिति जनाएका छन् । 
त्यसबाहेक संघीय समाजवादी फोरम नेपालले प्रदेश नं १, प्रदेश नं २ र प्रदेश नं ५ मा क्षेत्रीय पार्टीको रुपमा दर्जा पाएको छ । 
राष्ट्रिय जनता पार्टीले भने प्रदेश नं १ मा अस्तित्व कायम गर्न सकेको छैन भने प्रदेश नं १, प्रदेश नं ५ र प्रदेश नं ७ मा क्षेत्रीय पार्टी बन्न सफल भएको छ । 
प्रतिनिधिसभामा १ सिट जिते पनि ३ प्रतिशत भोट नकटाएको राप्रपाले पनि प्रदेश नं १, प्रदेश नं ३ र प्रदेश नं ६ मा आफ्नो अस्तित्व कायम राखेको छ ।

राष्ट्रिय जनमोर्चा प्रदेश ४ र प्रदेश नं ५ मा मात्रै क्षेत्रीय पार्टी बनेको छ ।

नयाँ शक्ति नेपालले प्रदेश नं ३ र प्रदेश नं ४ को प्रदेशसभामा आफ्नो प्रतिनिधित्व गराएको छ ।प्रदेश ३ मा समानुपातिकमा डेढ प्रतिशत सिट नकटाए पनि रसुवामा एक सिट जितेको छ ।

विवेकशील साझा पार्टीले भने कुल ३ सिट प्राप्त गरे पनि प्रदेश ३ मा मात्रै आफ्नो उपस्थिति जनाउन सफल भएको छ ।

भक्तपुरमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ १/१ सीट जितेको प्रतिनिधिसभा नेपाल मजदुर किसान पार्टी प्रदेश ३ को क्षेत्रीय दल बनेको छ ।

प्रदेश र प्रतिनिधिसभामा कुनै पनि सीट नजितेको राप्रपा प्रजातान्त्रिकले प्रदेश ३ मा १ जना सदस्य पठाउन पाउनेछ ।

त्यसबाहेक  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल संघीय समाजवादी पार्टीले क्रमशः प्रदेश नं १ र प्रदेश नं २ मा आफ्ना १/१ जना प्रतिनिधि पठाउन पाउनेछन् । 

निर्वाचनमा ५४ दल सहभागी भए पनि ४१ अाेटा दलले निर्वाचन कानूनअनुरुपकाे थ्रेसहोल्ड कटाउन नसकेपछि उनीहरुकाे अस्तित्व हराएकाे छ । नयाँ कानूनअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ दलहरुले सीट पाउन ३ प्रतिशत र प्रदेशसभामा डेढ प्रतिशत मत चाहिन्छ । राष्ट्रिय दल बन्न प्रत्यक्षमा १ सीट जित्नैपर्छ तर क्षेत्रीय दलकाे हैसियत पाउन भने प्रत्यक्ष जित्नु जरुरी छैन । 

अायोगकाे घोषणासँगै अब प्रदेश नं १ मा ६ अाेटा, प्रदेश नं २ मा ६ अाेटा, प्रदेश नं ३ मा ७ अाेटा, प्रदेश नं ४ मा ५ अाेटा, प्रदेश नं ५ मा ६ अाेटा, प्रदेश नं ६ मा ४ अाेटा र प्रदेश नं ७ मा ४ अाेटा क्षेत्रीय दल रहनेछन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement