संस्कृतिविद् सत्यमोहन जोशी १०२ औं वर्षमा

4 महिना अगाडी

३० वैशाख, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ वर्षमा पुगेका छन् । संस्कृतिविद् जोशीको जन्मोत्सवका अवसरमा  ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन लगायतले उनको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उनलाई शुभकामना अर्पण गरे । 

नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई ध्यानमा राखी साधारण तरिकाले आफ्नो जन्मदिन मनाइएको जोशीले बताए । उनले भने, “राष्ट्रमा सङ्कट परेका बेला साधारण तरिकाले अघि बढ्नु उपयुक्त हुनेछ ।” 

बुवा शङ्करराज र आमा राजकुमारीका सुपुत्रका रुपमा विसं १९७७ आजकै दिन जोशी ललितपुरमा जन्मिएका हुन् । आजका दिनसम्म कुनै रोगले समातिनसकेकामा आफूलाई भाग्यमानी सम्झने गरेको संस्कृति जोशीले जानकारी दिए । 

जोशीले नेपाली भाषा, कला र  संस्कृतिको संरक्षणमा विशेष योगदान दिँदै आएका छन् । जीवनमा तीन पटक मदन पुरस्कार, विभूषण, पदकलगायत पुरस्कार पाइएका जोशीले केही समय पहिले आफ्नो मुहाराङ्कित रु १० को हुलाक टिकट प्रकाशन हुँदा ज्यादै सन्तोष लागेको बताए । 


Share this with your friends:


Advertisement
Advertisement