सडक दुर्घटनामा एक बृद्दाको मृत्यु

10 दिन अगाडी
भक्तपुर। भक्तपुरमा बिहिबार बिहान भएको सडक र्दुघटनामा एक बृद्दाको ज्यान गएको छ ।  सूर्यविनायक नगरपालिका वडा नं. ८ सूर्यविनायकमा पर्यटक बसले पैदल यात्रीलाई ठक्कर दिंदा सो घटना भएको हो ।  
 
सल्लाघारीबाट जगाती तर्फ जाँदै गरेको बा.१ प. १५५१ नं. को पर्यटक बसले  भक्तपुर नगरपालिका वडा नं.१ दुधपाटी बस्ने वर्ष ७२ की दिलमाया श्रेष्ठलाई ठक्कर दिई गम्भिर घाईते भएकोमा उपचारका क्रममा स्थानीय डा .इवामुरा अस्पतालमा  ज्यान गएको हो । 
 
 घटनास्थलमा प्रहरी वृत्त जगातीले  ठक्कर दिने सवारी साधन र चालक जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढि नगरपालिका वडा नं . १ घर भई हाल जिल्ला काठमाण्डौ बालाजु बस्ने वर्ष २९ को बिनोद कार्कीलाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...