सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक कलह भने बढ्दै गएको छ । यसको कारण हो आफ्नै पत्नीप्रतिको रिस एवं वेवास्ता ।
सभापति देउवाले आइतबार काँग्रेस महाधिवेशनमा खुला २५ तर्फबाट केन्द्रीय सदस्यमा लडेर पराजित भएकी महालक्ष्मी उपाध्याय ‘डिना’ लाई रहस्यमय तरिकाले केन्द्रीय सदस्यमा मनोनयन गरे । सभापतिले मनोनयन गर्न पाउने २१ जनालाई केन्द्रीय सदस्यमध्य देउवाले ११ औँ नम्बरमा डिनालाई मनोनयन गरेका हुन् । सामान्यतः सभापति, महामन्त्रीजस्ता पदाधिकारीमा लडेर सम्मानजनक मत ल्याएर पराजित भएकाहरूबाहेक निर्वाचनमा हारेका व्यक्तिलाई सोही पदमा मनोनयन गर्ने प्रचलन नेपाली काँग्रेसमा छैन तर देउवाले यो मनोनयनसँगै नयाँ र विवादित प्रचलनको समेत सुरुआत गरेका छन् । 
देउवा खेमाबाट खुल्ला उम्मेदवार बनेकी डिना २८ औं नम्बरमा पर्दा केन्द्रीय सदस्य हुनबाट वञ्चित भएकी थिइन् । अहिले मनोनयन गरिएको उक्त पदमा देउवापत्नी आरजुको दाबी थियो । आरजू महाधिवेशनमा समेत नलडेकी एवं काँग्रेसीहरूमाझ छुट्टै पहिचान बनाएकी व्यक्ति हुन् । 
यता, नयाँ सरकार गठनको क्रम चलिरहँदा देउवा पत्नी आरजूले मन्त्री हुन चाहिरहेको बुझिएको छ तर यसमा पनि देउवा सकारात्मक नरहेको स्रोतले बताएको छ । देउवानिकट केही केन्द्रीय सदस्यले आरजुको इच्छा बुझेर मन्त्रीका लागि देउवासँग कुरा गरे पनि देउवा अनिच्छुक देखिएपछि त्यतिकै छाडेका छन् । सभापति देउवाले महिला मन्त्रीका रूपमा पनि डिनालाई नै अघि सार्ने सम्भावना रहेको एक केन्द्रीय सदस्यले बताए । देउवाको आफूप्रतिको यस्तो व्यवहारवाट आरजु थप चिढिएको बताइएको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement