समानुपातिक सांसदको नाम पठाउन दलहरूलाई आयोगको पत्र

1 महिना अगाडी

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ सिट प्राप्त गरेका दलहरूलाई २४ गते शनिबार अपरान्ह ४ बजेसम्म समानुपातिक सांसदको नाम पेस गर्न समय दिएको छ छ।

आयोगले थ्रेसहोल्ड कटाएका प्रतिनिधिसभाका सात वटा दल र सबै प्रदेशका फरक–फरक संख्यामा रहेका दलले प्राप्त गरेको सिट संख्या, समावेशी समूहअनुसारको संख्या र महिलाको संख्यासहितको पत्र दललाई पठाएको हो ।

प्रतिनिधिसभातर्फ सात वटा दलले मात्रै थ्रेस होल्ड कटाएका छन् । जसमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी रहेका छन् ।




Share this with your friends:


Advertisement
Advertisement