काठमाडौं । विश्व बिख्यात कम्पनी साम्सुङले टेलिभिजनदेखि स्मार्ट फोनसम्मको उत्पादन नेपालबाटै गर्नी भएको छ । आगामी मार्च महिनादेखि नेपालमै स्थापित उधोगबाट साम्सुङले उत्पादन थाल्ने भएको हो ।
सामसुङ कम्पनीको नेपाल कार्यालयका प्रबन्ध निर्देशक पार्क सङ जुनले मंगलबार परराष्ट्रमन्त्री डा। विमला राई पौडेललाई भेटेर नेपालमै उत्पादन थाल्न लागिएको जानकारी गराएका हुन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा उनले भैरहवामा सामसुङको उधोग स्थापना भएको र मार्चदेखि पहिलो चरणमा सामसुङका टेलिभिजन सेटहरु उत्पादन हुने जानकारी दिएका थिए ।
ष्mबनभक
कम्पनीले नेपालकै उधोगबाट फ्रिज, वासिङ मेसिनदेखि स्मार्ट फोनहरु पनि उत्पादन गर्ने प्रबन्ध निर्देशक पार्कले बताए । सोहि क्रममा कोरिया र भियतनाममा रहेका सामसुङका दक्ष प्रशिक्षकहरु नेपाली कामदारलाई तालिम दिन काठमाडौं आउन लागेको जानकारी पार्कले दिए ।
गोल्छा अर्गनाइजेशनसँग मिलेर सामसुङले सो उद्योग स्थापना गरेको हो । नेपालको उधोगमा पहिलो चरणमा ५० जनाले प्रत्यक्ष रोजगारी पाउने र विस्तारै अरु उत्पादन बढेसँगै रोजगारीको संख्या पनि बढ्ने उनले बताए । भेटका क्रममा मन्त्री पौडेलले नेपालीलाई नै दक्ष बनाएर रोजगारी दिने नीति बनाउन आग्रह गरेकी थिइन् ।
भेटका क्रममा पार्कले सामसुङ कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयसँग मिलेर नेपालका एक सय बढी विद्यार्थीलाई पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाइरहेको जानकारी गराएका थिए । परराष्ट्रमन्त्री डा पौडेलले सामसुङले नेपालमा कारखाना खोल्दा नेपालीले रोजगारी पाउने भएकाले सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएकी थिइन् ।