काठमाडौं । सिईडिबी हाइड्रोले आईपीओ निष्काशनको मिति तोकेको छ । सो कम्पनीले बुधबार विवरणपत्र प्रकाशन गर्दै यस्तो मिति तय गरेको हो । कम्पनीले बैशाख १७ गते शुक्रबारका दिनबाट आईपीओ निष्काशनको मिति तय गरेको हो । कम्पनीको २५ लाख १६ हजार कित्ता आईपीओका लागि न्यूनतम १० कित्ता आवेदन दिन सकिने विवरणपत्रमा उल्लेख गरिएको छ । कम्पनीको शेयरमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म शेयर बिक्री नभएमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।