सिटिजन्स बैंकले प्रस्तुत गर्यो कमालको विवरण, वितरणयोग्य मुनाफामा २२७ प्रतिशतको वृद्धि

2 महिना अगाडी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लि.ले चालु आवको तेस्रौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ, जसमा बैंकले वितरण योग्य मुनाफामा २२७ प्रतिशतको वृद्धि गरी १ अर्ब ५४ करोड कायम गरेको छ । सो अवधिको बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३४ करोड कायम रहेको हो । गत आवको सोही अवधिसम्म बैंकको वितरणयोगय मुनाफा ४१ करोड ९ लाख मात्र रहेको थियो । 
बैंकका अन्य सूचकहरुमा पनि उल्लेख्य सुधार भएको छ । बैंकको खुद नाफामा पनि उल्लेख्य सुधार भएको छ । गत आवको सोही अवधिसम्म १ अर्ब ९ करोड खुद नाफा रहेको सो बैंकले चालु आवको सोही अवधिसम्ममा खुद नाफामा १ अर्ब ५४ करोड कुद नाफा कमाएको हो । बैंकको प्रतिशेयर आम्दानीमा करिब ४ रुपैयाँको सुधार भएको छ । अघिल्लो आवको सोही अवधिमा १६ रुपैयाँ ८७ पैसा रहेको सो बैंकको हालको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७२ पैसा कायम भएको छ । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रहेको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement

Advertisement
Advertisement