कुन शेयरकाे मूल्य बढी टिकाउ ? हेर्नुस् वाणिज्य बैंकहरुकाे अवस्था

15 दिन अगाडी

काठमाडौं । लगानी गरेको कम्पनी राम्रो चाहिने भनेको यस्तै बेलामा हो । तपाइँ यस्तो शेयर स्क्रिपको छनौट गर्नुस् जसले बजारको वृद्धिलाई साथ देओस् तर कसरेक्सनमा पछि हटोस् । तर त्यसो हुन सम्बन्धित कम्पनीप्रति लगानीकर्ताको विश्वास चाहिन्छ ।

२/३ दिनको कारोबारले नै कुन कम्पनी विश्वासिलो र कुन अविश्वासिलो भन्न सकिँदैन तर ३ दिनसम्म दोहोरो अंकमा भएको वृद्धि र बुधबारको सामान्य करेक्सनमा कम्पनीहरुले आफ्नो स्क्रिपको पर्फमेन्स कस्तो देखाए, त्यो बजारको एउटा दृष्टान्त बन्न सक्छ । यहाँ बैंक समूहका स्क्रिपहरुलाई अवलोकन गर्ने प्रयास गरिएको छ । 

आइतबार, सोमबार र मंगलबारको बजार उछाललाई बैंक समुहका सबै कम्पनीहरुले सघाए । बजारमा २४ कम्पनीका कारोबार भए जसमा २४ ओटै कम्पनीको शेयरमूल्य बढ्यो । उक्त अवधिमा सिभिल बैंकको शेयरमूल्य सबैभन्दा कम अर्थात् ३ रुपैंयाले बढ्यो भने सबैभन्दा बढी नेपाल एसबीआई बैंकको शेयर ५४ रुपैंयाले बढ्यो । प्रतिशतका आधारमा हेर्ने हो भने पनि यो अवधिमा एसबीआईकै शेयर सबैभन्दा बढी अर्थात् १५ प्रतिशतले बढेको देखिन्छ । सिभिल बैंकको सबैभन्दा कम २.२ प्रतिशतले मात्रै मूल्य बढेको थियो । हेर्नुहोस् सूची

बुधबार बजारमा सामान्य करेक्सन भयो । ३ दिनसम्म ५१ अंकले बढ्दा ३ रुपैंया मात्रै बढेको सिभिल बैंकको शेयरमूल्य एकैदिन सोही अवस्थामा फर्कियो । बुधबार एक दिनमै सो कम्पनीको शेयर ३ रुपैंयाले घटेको हो । बुधबार घटेको बजारमा हिमालयन बैंक सबैभन्दा पृथक देखियो । यो बैंकको शेयरमूल्य १ रुपैंयाले बढ्यो । बैंक अफ काठमाण्डू, एभरेष्ट र प्राइमको मूल्य यथावत रहँदा अन्य २० कम्पनीको शेयरमूल्य घट्न पुग्यो ।

यो अवधिमा बैंक उपसूचकको नाफा समग्र बजारको भन्दा बढी देखियो । गत बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ११६६.२२ विन्दु कायम भएर रोकिँएको थियो जुन मंगलबारको अन्तिम कारोबारसम्म नेप्से १२१६.९२ विन्दु पुग्यो जुन ४.३५ प्रतिशत हो । उक्त बैंकिङ उपसूचकले यो अवधिमा ५.९५ प्रतिशत वृद्धि हासिल गरेको थियो । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement