सुनकाे भाउ अझै घट्ला ?

1 महिना अगाडी

काठमाडौं । मध्यपूर्व क्षेत्रमा भएकाे इरान र अमेरिकाबीचको तनावका कारण केही दिनदेखि निरन्तर बढ्दै आएकाे सुनकाे मूल्य बिहीबार करिब १ हजार रुपै‌याले घट्याे । इरानकाे मिसाइल आक्रमणकाे जवाफ अमेरिकाले सैन्य कारबाहीकाे सट्टा आर्थिक प्रतिबन्ध राेजेपछि याे क्षेत्रकाे समस्या तत्कालका लागि टरेकाे संकेत मिल्याे जसका कारण अन्तर्राष्ट्रिय बजारमा सुन र तेलको मूल्य घटेकाे हाे ।

इरानी कूड्स फोर्सका प्रमुख कासिम सुलेमानीको अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि मध्यपूर्व क्षेत्रका इरान र इराकमा तनाव सुरु भएको थियो । जसका कारण तेल उत्पादन गर्ने मुख्य राष्ट्र इरानले तेल उत्पादन गरेर पठाउन सकेको थिएन । तेलको मूल्य बढेसँगै अन्तर्राष्ट्रिय मुद्राहरुको मानक मानिने सुनको भाऊ समेत बढेको हो । इरानले मंगलबार अमेरिकामाथि आक्रमण गरेसँगै त्यस्ताे उत्पादनमा थप कटाैतीकाे आश‌ंका गरिएकाे थियाे । तर त्यस्ताे भएन । आफू सैन्य महाशक्ति रहेकाे बताउँदै आएका ट्रम्प नै सैन्य आक्रमणबाट पछि हटे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघिको अभिव्यक्तिमा इरानले आफूमाथि आक्रमण गरे नछाेड्ने चेतावनी दिएका थिए । यसका कारण अमेरिकाले इरानविरुद्ध थप सैन्य कारबाही गर्ने अनुमान गरिएको थियो । त्यसो भएको थियो भने त्यो क्षेत्र थप तनावग्रस्त हुन्थ्यो । यसले गर्दा तेल र सुनमात्रै नभएर अन्तराष्ट्रिय व्यापारमा समेत ठूलो असर गथ्र्यो । अमेरिका र एशियाली मुलुकबीच हुने वस्तु व्यापारको मुख्य बाटो नै भुमध्य सागर भएकोले पनि यसको असर व्यापक हुने अनुमान गरिएको थियो । तर अमेरिका सैन्य कारबाहीबाट हटेपछि एशियाको ठूलो संकट टरेको हाे ।

नेपालमा पछिल्लाे समय सुनकाे भाउ बढ्नुकाे कारण भने अमेरिका र इरानकाे सम्बन्ध मात्रै नभएर भारतीय मन्दी पनि हाे । पछिल्ला वर्षहरुमा भारतीय मुद्रा अवमूल्यन हुँदै गएकाेले नेपाली बजारमा तेल र सुनकाे मूल्य बढ्दै गएकाे हाे । मध्यपूर्वकाे समस्या सल्टिएपछि एउटा समस्या त समाधान भयाे तर भारतीय मन्दीकाे अर्काे समस्या बाँकी नै छ । नेपालमा अल्पकालिन रुपमा सुन र तेलकाे भाउ केही घट्न त सक्ला तर दीर्घकालिन सुधारका लागि चाहिँ भारतीय मुद्रा नै बलियाे हुनुपर्ने विज्ञहरु बताउँछन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement