सुनको मूल्य स्थिर चाँदीको भने घटेको

1 महिना अगाडी

काठमाडौं । आज सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९५ हजार ५ सय, तेजावी सनुको मूल्य ९५ हजार र चाँदीको मूल्य एक हजार १७० रुपैयाँ प्रतितोला छ ।

गत शुक्रबारको तुलनामा सुनको मूल्यमा कुनै घटबढ भएको छैन भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँ तोलामा कारोबार भएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...