सुनचाँदीको मूल्य घट्यो

7 महिना अगाडी

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ। महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय रुपैयाँ कायम भएको छ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँ तोकिएको छ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement