सूचिकृत नै नभएको एनसेलले शेयरबजार घटायो !

काठमाडौं ।  बजारमा सूचिकृत ठूला कम्पनीमा हुने व्यवस्थापकीय गतिविभिका कारण कम्पनीको शेयर मूल्यमा असर पर्न गई समग्र शेयर बजारमा नै असर गर्नु नौलो होइन । नेप्सेमा सूचिकृत ठूला कम्पनीहरुको गतिविधिका कारण समग्र बजारको कारोबार र परिसूचकमा असर पर्ने गरेकै छ । तर बजारमा सूचिकृत नै नभएको कम्पनीले बजारमा उथुलपुथुल ल्याउनु भने अचम्मको विषय बनेको छ । अहिले बजारमा भइरहेको तीव्र गिरावटको कारण अरु केही नभएर मोवाइल सेवा प्रदायक कम्पनी एनसेल हो । निजी स्वामित्वको यस कम्पनीको लाभांशसम्बन्धी अदालतको निर्णयसँगै बजार तीब्र रुपमा घट्न थालेको हो । 
बजारमा लगानीयोग्य पुँजी अभाव भएका समाचारहरु बाहिर आइरहँदा सर्वोच्च अदालतले पुँजीगत लाभ प्रकरणमा मुछिएको एनसेलले कमाएको नाफाबाट वितरित लाभांश रक मभने विदेश पठाउन पाउने आदेश सुनाएपछि करिब ८० अर्ब रकम बाहिरिन लागेको छ । यसले गर्दा नेपालका ठूला बैंकहरु नै तरलताको समस्यामा पर्ने देखिएको छ । 
मंगलबार नबिल बैंकले ठूला निक्षेपकर्तालाई १३ प्रतिशत भन्दा माथि ब्याज दिने गरी मुद्दती निक्षेप स्वीकार गरेको समाचार बाहिर आएसँगै यसले बजारमा हंगामा मच्चिएको हो । नबिलले कर्मचारी सञ्चयकोष लगायतका केही निक्षेपकर्तासँग सम्झौता गरेको भन्दै अन्य बैंकहरु आफ्नो खाताबाट ठूलो रकम बाहिरिनसक्ने भयले त्रसित बनेका छन्, यसले गर्दा बैंकहरु कमजोर बन्ने भय एकातर्फ देखियो भने अर्कोतर्फ ब्याजदर त्यो तहमा पुग्न थालेपछि लगानीकर्ताहरुले बिक्री बढाएका हुन् । केही दिनकाे निरन्तर गिरावटसँगै सकारात्मक  हुने अपेक्षा गरिएको बजार एनसेल प्रकरणपछि अझै केही समयसम्म सुधार हुने छाँट देखिएको छैन ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement