सैनिक मञ्च टुँडिखेलमा मनाईयो संविधान दिवस

13 दिन अगाडी

काठमाडौं । संविधान सभाबाट नयाँ संविधान जारी भएको ७ वर्ष पूरा भएको अवसरमा सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ। 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए।

उक्त समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...