हाइ प्रोफाइलको बार्गेनिङले एनएमबी बैंकको एफपीओ अनिश्चित ! एफपीओ नआए १ चौथाइ बोनस

2017-12-16

काठमाडौं । एनएमबी बैंकले जारी गर्न लागेको १ करोड १४ लाख कित्ता एफपीओ धितोपत्र बोर्डमा थन्किएको निकै भइसकेको छ । बोर्डले नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्पष्टीकरण पत्र ल्याउन सुझाएपछि सोही प्रक्रियामा रहेको भनी टार्दै आएको बैंकले नियामक निकायबाट सो व्यहोरा स्पष्ट गराउन नसकेकाले एफपीओ अनिश्चित बन्न पुगेको हो । 
बैंकले भृकुटी विकास बैंक, पाथिभरा र क्लिन ईनर्जी डेभलपमेन्ट बैंकलाई आफूमा गाभेपछि आफ्नो विदेशी साझेदार एफएमओलाई प्रिमियम मूल्यमा ९४ लाख बढी कित्ता शेयर बिक्री गरेको थियो । राष्ट्र बैंकको निर्देशन बमोजिम सो शेयर साझेदारलाई बिक्री गरिएको थियो ।
हाल २० प्रतिशत हिस्सा रहेको एफएमओको शेयर एफपीओ निष्काशनपछि सोभन्दा कम हुने भएको भन्दै नेपाल राष्ट्र बैंकले एफपीओ निष्काशनका लागि सिफारिस नगरेको राष्ट्र बैंकले जनाएको छ तर बैंक निकटस्थ स्रोतले भने बार्गेनिङ नमिल्दा सो बैंकको एफपीओ निष्काशनमा ढिलाइ भएको भन्दै छिट्टै सहमति गरी एफपीओ निकाल्ने बताएको छ । सो बैंकको एफपीओको विषयमा राष्ट्र बैंकको हाइ प्रोफाइलसँग बार्गेनिङ भइरहेको जनाइएको छ । 
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ भने एनएमबिसँग ४ अर्ब २६ करोड बढी जगेडा सञ्चित छ । बैंकले अघिल्लो आवको अन्त्यसम्ममा १ ऋबर्् ५१ करोड खुद मुनाफा कमाएको थियो । यसरी हेर्दा सो बैंकले गत आवको मुनाफा र सञ्चित कोषबाट बोनस प्रदान गरेमा ८ अर्ब पुँजी पु¥याउन सक्छ । त्यसैले पनि राष्ट्र बैंकले आनाकानी गरेको र बार्गेनिङ मिलेमा बल्ल एफपीओ आउने स्रोतको दाबी छ । बैंक सञ्चालक समितिले भने सञ्चित कोषको रकम खर्च नगरी एफपीओबाट प्रिमियमसहित रकम संकलन गर्ने योजना बनाएको छ । 
एफपीओ स्वीकृत भएको खण्डमा उसको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्छ भने प्रिमियम वातको सबै रकम जगेडा कोषमा जान्छ । त्यसपछि ३९ करोड ६८ लाख रुपैयाँ बराबरको मात्र बोनस बितरण गर्दा एनएमबिको चुक्ता पूँजी ८ अर्ब नाघ्छ । यो रकम एफपीओ पछि कायम हुने पूँजीको ६ प्रतिशत हाराहारी मात्र हुन आउँछ । अन्यता बैंकले कुल पुँजीको करिब २५ प्रतिशत लाभांश दिनुपर्ने हुन्छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement