१२७ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको लघुवित्तको करिब २० करोडको आईपीओ आउँदै, कसलाई कति पर्ने ?

3 महिना अगाडी

काठमाडौं । १२७ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको एक लघुवित्त कम्पनीको करिब २० करोडको आईपीओ छिट्टै बजारमा आउने भएको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता शेयर आईपीओका रुपमा आउन लागेको हो । कम्पनीको हालको चुक्ता पुँजी ४१ करोड ६ लाख ७० हजार रहेकोमा सो लघुवित्तले १९ करोड ७७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।  
चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको सो लघुवित्तले सो अवधिमा प्रतिशेयर १२७ रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको जगेडा कोषमा ७५ करोड ७५ लाख २१ हजार रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ २८४ रुपैयाँ रहेको छ । 
कम्पनीले रु. १०० दरमा आईपीओ जारी गर्ने एवं हालको धितोपत्र नियमावलीअनुसार १० कित्ते प्रावधान कायम रहेकाले कम्पनीको शेयरमा आवदेन गर्नेहरुमध्ये १ लाख १९ हजार ७ सय ३० जनालाई १० कित्ताका दरमा शेयर भाग पुग्ने देखिन्छ । यद्यपि जारी गरिने आईपीओ शेयरमध्ये केही प्रतिशत शेयर सामूहिक लगानी कोष तथा केही प्रतिशत संस्थाका कर्मचारीहरुलाई प्रदान गरिनुपर्ने भएकाले करिब १ लाख ८५ हजार हाराहारीमा सर्वसाधारणले शेयर प्राप्त गर्न सक्ने देखिन्छ । सो कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन गरिसकेको छ । बोर्डबाट अनुमति प्राप्त भएपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने कम्पनीले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement