१५ सय बजार मूल्य भएको कम्पनीको आम्दानी १० रुपैयाँ !

3 महिना अगाडी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत रहेको एवं धितोपत्र बजारमा प्रतिशेयर रु. पन्ध्रसय रहेको एक कम्पनीको आम्दानी दश रुपैयाँ रहेको छ । नेपाल पुनर्बीमा कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी रु. १०.७४ रहेको हो । १० अर्ब चुक्ता पुँजी रहेको कम्पनीको चालु आवको दोस्रो त्रैमासमा ५३ करोड ६९ लाख आम्दानी गरेको हो । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ६४ करोड ५८ लाख कमाएको थियो । सो आधारमा हेर्दा कम्पनीको नाफामा करिब १७ प्रतिशतको गिरावट आएको हो । 


Share this with your friends:


Advertisement
Advertisement