१८० रुपैयाँ कमाइ भएको महिला लघुवित्तको शेयर मूल्य कति पुग्ला ?
र्वाधिक शेयरमूल्य भएको जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ४५०० रुपैयाँभन्दा बढी छ भने चालु आवको दोस्रो त्रैमासको विवरणअनुसार सो कम्पनीको प्रतिशेयर आम्दानी ६९ रुपैयाँ रहेको छ भने ३००० रुपैयाँ हाराहारीमा शेयरमूल्य रहेको फरवार्ड लघुवित्तको प्रतिशेयर आम

1 महिना अगाडी
काठमाडौं । हाल नेप्सेमा सूचीकृत लघुवित्त कम्पनीहरुमध्ये राम्रा कम्पनीहरु भनेर चिनिने लघुवित्त कम्पनीहरुको शेयरमूल्य २००० भन्दा बढी रहेको छ भने लघुवित्त कम्पनीको ट्याग मात्रै लागेका कम्पनीहरुको मूल्य पनि १००० रुपैँयाभन्दा बढी नै रहेको छ । हाल बजारमा सूचीकृत लघुवित्त कम्पनीहरुमध्ये सर्वाधिक शेयरमूल्य भएको जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य ४५०० रुपैयाँभन्दा बढी छ भने चालु आवको दोस्रो त्रैमासको विवरणअनुसार सो कम्पनीको प्रतिशेयर आम्दानी ६९ रुपैयाँ रहेको छ भने ३००० रुपैयाँ हाराहारीमा शेयरमूल्य रहेको फरवार्ड लघुवित्तको प्रतिशेयर आम्दानी ८९ रुपैयाँ रहेको छ । 
केही समय अगाडि आईपीओ जारी गरेको महिला लघुवित्तको प्रतिशेयर वार्षिक आम्दानी १८० रुपैयाँ रहेको छ भने कम्पनीको शेयर मूल्य गत बिहीबारको कारोबारमा ९२५ रुपैयाँ रहेको छ । ६ करोड चुक्ता पुँजी रहेको सो लघुवित्त कम्पनी चालु आवको दोस्रो त्रैमाससम्ममा ५ करोड ४० लाखभन्दा बढी आम्दानी गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ, जुन आम्दानीलाई वार्षिकीकरण गर्दा प्रतिशेयर आम्दानी १८० रुपैयाँ हुन आउँछ । यद्यपि लघुवित्तले ४ करोड बराबरको आईपीओ जारी गरी चुक्ता पुँजी १० करोड रुपैयाँ बनाइसकेकाले तेस्रो त्रैमासको प्रतिवेदनमा भने प्रतिशेयर आम्दानीमा केही गिरावट आउन सक्ने देखिन्छ । 
हाल लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा अत्यधिक आकर्षण रहनुको कारण नै थोरै पुँजी हुनु हो । भविष्यमा नियामक निकायले पुँजी वृद्धिका लागि दबाब दिन सक्ने र सो क्रममा हकप्रद वा बोनसका रुपमा रु. १०० मै महंगो शेयर प्राप्त गर्न सक्ने सम्भावना कै आधारमा लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा उछाल आएको पाइन्छ । यस आधारमा हेर्दा चुक्ता पुँजी १० करोड मात्रै भएको र उल्लेख्य प्रतिशेयर आम्दानी रहेको महिला लघुवित्तको शेयरमूल्य अन्य सबै लघुवित्त कम्पनीहरुभन्दा माथि पुग्न सक्ने अवश्यम्भावी देखिन्छ ।  

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement