४ कम्पनीका सवा २ अर्ब रुपैंया बराबरका शेयर कारोबारयोग्य

1 महिना अगाडी

काठमाडौं । ४ कम्पनीका सवा २ अर्ब रुपैंया बराबरका शेयर आजदेखि दोस्रो बजारमा कारोबारयोग्य भएका छन् । ती संस्थाहरुले वितरण गरेको हकप्रद तथा बोनस शेयर दोस्रो बजारमा सूचीकृत भएसँगै बजारमा कारोबारयोग्य भएका हुन् । 

मुक्तिनाथ विकास बैंक फर्ष्ट माइक्रोफाइनान्स, छिमेक लघुवित्त र नाडेप लघुवित्तका कुल ३८ लाख कित्ता थप शेयर नेप्सेमा सूचीकृत भएको हो ।  त्यसमध्ये मुक्तिनाथको ४ लाख कित्ता हकप्रद तथा फर्ष्टको ११ लाख ६३ हजार कित्ता, छिमेकको १८ लाख कित्ता र नाडेपको ४ लाख ८० हजार कित्ता बोनस शेयरको रुपमा आएको हो ।

सम्बन्धित कम्पनीकाे सूचीकृत शेयर संख्या र आइतबारकाे अन्तिम कारोबार मूल्यका आधारमा याे शेयर २ अर्ब २२ कराेड ५४ लाख रुपैंया बराबर हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement