दशैंअघि साटियो ५५ अर्बका नयाँ नोट, १०० रुपैयाँसम्मका १६ अर्ब

2 महिना अगाडी

काठमाडौं । दशैंमा १६ अर्ब रुपैयाँको नयाँ नोट सटही भएको छ । ५ देखि १०० रुपैयाँसम्मको गरी सो बराबरको नोट साटिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, ५०० र १००० दरका ३९ अर्ब रुपैयाँ बराबरको नोट सटही भएको जनाइएको छ । योसमेत गरी दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । 

राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।

नेपाल राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट र उपत्यका बाहिरका ७ कार्यालयहरूबाट नयाँ नोट सटही गरेको थियो । काठमाडौँको बालुवाटारमा ५ वटा काउन्टर राखेर नयाँ नोट सटही गरिएको नेपालले जानकारी दिए । राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट दैनिक औसतमा ७ सय जनाले नयाँ नोट सटही गर्ने गरेका गरेका थिए । काठमाडौँ उपत्यका बाहिरका कार्यालयहरूबाट दैनिक औसतमा प्रतिकार्यालय ४ सय जनाले सटही गर्ने गरेका छन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement