५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

2017-01-15

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने विषय अहिलेको चासोको विषय हो ।
काठमाडौं । शेयर बजारमा फेरि अर्को महत्त्वाकांक्षी एफपीओ आउने भएको छ । अहिले स्ट्याण्डर्ड चार्टर्ड बैंकले बजारमूल्यको करिब ५८ प्रतिशतमा एफपीओ जारी गर्न लागेको हो । नेपाल लाइफ इन्स्योरेन्सले बजारमूल्यको करिब ५२ प्रतिशतमा एफपीओ आवेदन गरेको थियो । सो कम्पनीले करिब २७०० शेयर मूल्य हुँदा १४२५ रुपैयाँमा एफपीओ जारी गर्ने निर्णय गरेको थियो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज एफपीओको मूल्य १२९० तोक्दा बैंकको बजार मूल्य २ हजार १ सय ९७ रुपैयाँ रहेको छ । 
अघिल्ला वर्षका तुलनामा नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा लगानीकर्ताको आकर्षण घटेको पाइयो । सो कम्पनीको एफपीओमा करिब १० गुणा आवेदन पर्ने अनुमान गरिएको भए पनि अन्तिम १ दिन बाँकी जम्मा ३.५ गुणामात्र आवेदन परेको पाइएको हो । सो कम्पनीले ४ अर्ब ४१ करोड बराबरको एफपीओ जारी गरेको थियो । तर अघिल्ला ३ दिनमा १५ अर्ब हाराहारीमा मात्रै शेयर आवेदन परे पनि अन्तिम दिन मात्रै ३६ अर्ब रकम थप भएपछि ५१ अर्ब बराबरको आवेदनसहित नेपाल लाइफको एफपीओले कीर्तिमान कायम गरिसकेको छ । 
स्ट्याण्डर्ड चार्टर्ड बैंकले अहिले २४ लाख ५८ हजार १ सय ४० कित्ता शेयर एफपीओमा जारी गरेको छ । तोकिएको मूल्य अनुसार यसको मूल्य ३ अर्ब ३० करोड हुन आउँछ । बैंकले गत मंसिरको अन्त्यमा भएको साधारणसभाबाट एफपीओमा जाने विकल्प खुला गरेको थियो । बैंकले यसका लागि एनएमबी क्यापिटल लि.लाई बिक्री प्रबन्धक पनि तोकिसकेको छ । 
नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने विषय अहिलेको चासोको विषय हो । कुनै बेला यस्तो पनि थियो कि जतिबेला स्टेयाण्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य करिब ९ हजारसम्म थियो तर अहिले त्यो घटेर २ हजार २ सयमा सीमित हुन पुगेको छ । यस्तो अवस्थामा करिब ५८ प्रतिशतमा सो बैंकको एफपीओ बजारमा आउने भएको हो । 
अहिले पनि शेयर बजार घट्ने क्रम जारी नै छ । आज पनि बजारमा २ अंकले गिरावट आई बजार १ हजार ४ सय ७७ मा सीमित रहेको छ । घट्दो बजारमा सम्भावनाहरु पनि घटिरहेकाले लगानीकर्ताहरुमा पनि लगानीप्रति आकर्षण बढ्न सकिरहेको छैन । समग्र बैंकिङ क्षेत्रको बजारम मूल्य पनि बढ्नेभन्दा घट्ने अनुपात नै बढी छ, यद्यपि आज एफपीओको निर्णय भएकै कारण बैंकको बारोबार भने उच्च रहन पुगेको छ । 
बजारमा तरलताको अभाव हुनु पनि एफपीओप्रतिको आकर्षणमा कमी आउनुको अर्को कारण हो । अहिले बैंकहरुले दोहोरो अंकमा ब्याज दिने गरी निक्षेप संकलन गरिरहेका छन् भने सोही अनुसार चर्को ब्याजदरमा ऋण प्रवाह गरिरहेका छन् । यसकारण पनि लगानीकर्ताहरु यस्तो चर्को मूल्यमा ऋण काढेर एफपीओमा लगानी गर्न आकर्षित छैनन् । त्यसमाथि कतिपय शेयर कर्जा लिएकाहरुलाई बैंकहरुले मार्जिन कल गरी दिनहुँ दबाब दिइरहेकाले पनि यसप्रति आकर्षण बढ्न नसकेको हो । 
एफपीओमा आकर्षण घट्नुको अर्को कारण आईपीओ तथा हकप्रदको बाढी पनि हो । अहिले पुँजीवृद्धिको लहरसँगै हरेक कम्पनी र त्यसमा पनि खास गरी बैंक तथा वित्त कम्पनीहरुले रहेक वर्ष हकप्रद जारी गर्दै आएका छन् । हकप्रदमा रु. १०० मा आउने शेयरलाई एफपीओमा बढी किन हाल्ने भन्ने आम लगानीकर्ताको मानसिकताले पनि एफपीओमा आकर्षण घट्न गएको हो । लगानीकर्तालाई हकप्रदमा पैसा हाल्नै नसक्ने अवस्था छ, त्यसमाथि लाभांशको रुपमा पनि नगदभन्दा बोनस शेयर बढी दिने प्रचलनका कारण शेयर नबेची लगानीकर्ताको हातमा पैसा पर्नै छाडेको छ । 
यी विविध कारणले आकर्षण घट् पनि केही उच्च नाफा कमाइरहेका कम्पनीहरुले एफपीओ जारी गरेकै छन् । हकप्रद दिँदा प्रिमियन मूल्य मात्र आउने भएकाले पुँजी वृृद्धिका लागि यस्तो व्यवस्था गर्न लागिएको देखिन्छ । गत वर्षको नाफाबाट ३३ प्रतिशत बोनस प्रदान गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि हालको ३ अर्ब ७५ करोडबाट चुक्ता पुँजी ८ अर्ब पुर्याउन २५ लाखबढी कित्ता एफपीओ जारी गर्न लागेको हो । यसबाट तत्काल २५ करोडमात्रै पुँजी बढ्ने भएपनि अन्य ३ अर्ब ५ करोड रुपैयाँ जगेडा कोषमा जम्मा हुने र त्यसलाई पुँजीकरण गर्दा बैंकको चुक्ता पुँजी ७ अर्ब नाघ्ने तथा चालु आवको नाफाबाट ८ अर्ब पुँजी पुर्याउने योजनामा बैंक रहेको हो । 
बीमा क्षेत्रमा भन्दा बैंकमा पनि लगानीकर्ता आकर्षित हुनु एवं केही समयमा बजारको तरलता संकट सल्टिएमा भने सो बैंकको एफपीओमा बढी नै आवेदन समेत पर्न सक्दछ । तरलता संकट कम भएमा अहिलेको जस्तो त्रैमास अन्त्यको अवस्था पनि नहुने हुँदा यसमा लगानी बढ्न सक्ने केही सम्भावना भने देखिन्छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement