‘यो तीजमा राम्री मै’ नयाँ तीज गीत बजारमा


काठमाडौं । तीजको आगमन नजिकिएसँगै नयाँ–नयाँ प्रकारका तीज गीतहरु पनि सार्वजनिक हुँदै आएका छन् । यसै क्रममा आगामी तीजलाई मध्यनजर गर्दै लोकगायक इन्द्र जि.सी. एवं लोकगायिका कोपिला ढकालको नयाँ तीज गीत ‘यो तीजमा राम्री मै’ गीत पनि बजारमा आएको छ । पञ्चेबाजामा पहिलोपटक तीजगीत प्रस्तुत गरिएको बताइएको सो गीतमा सीता शर्माको शब्द रहेको छ भने रामजी खाँड, कोपिला ढकाल लगायतले अभिनय गरेका छन् । सो गीतलाई टि टाइम म्युजिकले बजारमा ल्याएको हो ।

https://www.youtube.com/watch?v=5jEOhTyWshA


Share this with your friends:


Advertisement
Advertisement