नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

2017-02-09

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केही समयअघि प्रदान गर्ने भनिएको ३० प्रतिशत बोनस शेयर अब एफपीओको बाँडफाँड पछि हुने भएको छ । सो कम्पनीले आज नेप्सेमा प्र्रस्तुत गरेको पत्र अनुसार अब एफपीओ शेयर प्राप्त गर्नेहरुले तत्कालै २६ प्रतिशत बोनस समेत पाउने भएका छन् । सो कम्पनीले केही समयअघि ३० लाख ९६ हजार ४ सय २९ कित्ता शेयर प्रतिकित्ता रु. १४२५ का दरमा माग गरेको थियो ।
कति हुने भयो त फाइदा ?
नेपाल लाइफ इन्स्योरेन्सको एफपीओमा ११ गुणाभन्दा बढीको आवेदन गरेको छ । प्रतिकित्ता रु. १४२५ मा आह्वान गरिएको एफपीओपछि २६ प्रतिशत बोनस शेयर पाउँदा लगानीकर्तालाई उल्लेख्य प्रतिफल प्राप्त हुने देखिन्छ । मानौँं कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ । १० कित्ता एफपीओ शेयरलाई १४२५० रुपैयाँ खर्च गरेको लगानीकर्ताले २.६ कित्ता शेयर थप प्राप्त गर्दा सोही मूल्यमा उसले १२.६ कित्ता शेयर प्राप्त गर्ने हुन्छ । १४२५० रुपैयाँमा १२.६ कित्ता प्राप्त गर्दा प्रतिकित्ता रु. ११३० रुपैयाँ मात्रै पर्न आउँछ । 
कम्पनीको सो प्रस्तावलाई बीमा समितिको स्वीकृति र साधारणसभाको अनुमोदन प्राप्त गर्न भने बाँकी नै छ ।

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement