कर्पोरेट/बजार


सुनको मूल्य प्रतितोला रु छयानब्बे हजार दुई सय

ornament.jpg
 काठमाडौं।  सुनचाँदी बजारमा आज छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु पाँच सयले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार सात सय छ । यसको मूल्य...

पच्चीस अंकले ओरालो लाग्यो सेयर बजार

oralo.jpg
काठमाडौं।  सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो। ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ। १३ वटा उपसमूह सबै घटेका छन्। यद्यपि, कारोबार भने २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ। सबैभन्दा बढी हाइड्रोपावर...

दुई वर्षमा पौने पाँच अर्बको मेडिकल भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर आयात

oxygen.jpg
काठमाडौं। पछिल्लो दुई वर्षमा नेपालमा विभिन्न देशबाट पौने पाँच अर्ब रुपैयाँको मेडिकल भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर भित्रिएको पाइएको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७र७८ र २०७८र७९ मा उक्त मूल्य बराबरको भेन्टिलेटर र अक्सीजन कन्सेनट्रेटर नेपालमा भित्रिएको हो। कोरोना महामारी सुरु भएपछि नेपालमा ठूलो संख्यामा भेन्टिलेटर र...

1663938841udayapur-cement-.gif

एमालेको युवा तथा खेलकुद विभाग सचिवमा पौडेल मनोनित

khelkud.jpg
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल मनोनित भएका छन्। एमालेको सचिवालय बैठकले पौडेललाई केन्द्रिय युवा तथा खेलकुद विभागको सचिवको जिम्मेवारी दिएको हो। लिलबहादुर थापा प्रमुख रहेको विभागमा यसअघिनै सदस्यहरु मनोनित भएका थिए। शुक्रबारमात्र विभिन्न विभागको सचिव टुङ्गो लगाउने क्रममा...

कप्तान सन्दीपले ‘द सिक्स्टी क्रिकेट’ प्रतियोगिता खेल्ने

sandip.jpg
काठमाडौँ। नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। ६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो। प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ। यस्तै, ६ विकेटको मात्र खेल हुनेछ। जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग ९सिपिएल० का लागि...

‘कमेडी हब’मा अभिनय गरेको भन्दै जागिरबाट हटाइएका शिक्षकले दिए श्रम कार्यालयमा उजुरी

Dipendra-Prasai.jpg
काठमाडौं । टेलिभिजन शो ‘कमेडी हब’मा अभिनय गरेको भन्दै कलेजले जागिरबाट निकालेका शिक्षक दीपेन्द्र प्रसाईंले आफूलाई काममा फर्काउन माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन् । प्रसाईंले आफूले काम गर्दै आएको सुकेधारास्थित बागमती बोर्डिङ सेकेन्डरी स्कुल (कलेज समेत)ले नियमित हाजिरी र काम गर्न रोकेकाले श्रम ऐन अनुसार आवश्यक निर्देशन दिन...

1663917789Easy-way.gif

उपाध्यायको गीत ५० भाषामा, मन्त्री चौधरीले हस्तान्तरण गरे ‘विश्व रेकर्ड’को प्रमाणपत्र

dr.DR.jpg
काठमाडौं । गीतकार डा. डीआर उपाध्यायले लेखेको एक गीत नेपाली सहित ५० भाषामा तयार पारिएको छ । उनले विश्व रेकर्ड कायम गरेको भन्दै सहरी विकास मन्त्री मेटमणी चौधरीले बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा उपाध्यायलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् । उपाध्यायले लेखेको ‘ढुकढुकीभित्र तिम्रो’ बोलको गीतलाई नेपालीसहित ५० भाषामा...

फिल्म ‘वर एण्ड वधु’ रोमानियामा छायांकन हुँदै

film.jpg
काठमाडौं । मिलन चाम्स निर्देशित रोमान्टिक फिल्म ‘वर एण्ड वधु’को छायांकन अहिले युरोपेली मुलुक रोमानियामा भइरहेको छ । बुधबारसम्म यास सहरमा भइरहेको छायांकन बिहीबारदेखि कन्सटंगा सहरमा हुने निर्देशक चाम्सले जानकारी दिए । आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका रहेको फिल्मको अझै पाँच दिन रोमानियामै छायांकन हुनेछ । यसैसाता...

धरानका प्रमुखसहितले गाएको गीत सार्वजनिक

download-_29_.jpg
धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राई (साम्पाङ)सहितको स्वरमा बनाइएको हाइकिङ गीत धरानमा सार्वजनिक गरिएको छ । सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाइएको गीत सार्वजनिक गरिएको हो । गीतको रचना पदयात्राका अभियन्ता राजीव हलुवाइले गरेका छन्।   उक्त गीतमा चर्चित गायक तथा गायिकाहरु राजेशपायल राई,...

1663938318Madhyapur-thimi.gif-2.gif

साफ यू -२० : नेपालको सानदार सुरुआत

FOOTBALL.jpg
भुवनेश्वर । नेपालले साफ यू; २० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले  एक एक गोल...

देशभर आंशिकदेखि सामान्य बदली हुने

download-_14_.jpg
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।  उनका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही...

साफ यू २० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग खेल्ने

download-_6_.jpg
काठमाडौं । भारतको भुवनेश्वरमा आजदेखि सुरु हुने साफ यू(२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्स बीचको खेल भुवनेश्वरको कालिंगा रंगशालामा नेपाली समय अनुसार अपरान्ह ४ बजे हुनेछ ।राउण्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा नेपालको लक्ष्य माल्दिभ्स विरुद्ध ३ अंक जोड्नु रहेको छ । भुवनेश्वरमा...

1663941670Suryabinayak-nagar.gif

शेयर बजारले देखायो अझै बढ्ने संकेत, यस्तो छ कारण

848-share-market.jpg
काठमाडौं । आइतबारदेखि निरन्तर बढ्दै गएको बजारले मंगलबार समेत उच्च वृद्धिलाई समातेको छ । बजार परिसूचक मंगलबार १६.२३ अंकले बढ्दा परिसूचक १२१६.९२ अंकमा पुगेको हो ।  बजार परिसूचक बढ्दै जाँदा कारोबार रकममा समेत दिनप्रतिदिन बढोत्तरी हुँदै गएको छ । परिसूचकसँगै कारोबार बढ्दै जानुले बजारमा बढेको मूल्यमा समेत किन्न तयार भएका उच्च मनोबलका...

विद्यार्थीहरुले डाउनलाेड गर्न छुटाउन नहुने यी एप्स, तपाइँको अध्ययनलाई पुर्याउँछ उचाईमा

apps.jpg
काठमाडाैं । स्मार्टफोनको बजार बढ्दो छ । इन्टरनेटको सुविधा पनि पहिले भन्दा सहज बन्दैछ । विद्यार्थीहरू पनि प्रविधिको दुनियाँमा रमाउँदैछन् । कुनकुन एप्स अध्ययन र आफ्नो जीवनमा उपयोगी छन् ? चर्चा गरौं । मेरो एन्सर : यो नेपालमा हुने विभिन्न प्रवेश परीक्षा तयारी गर्ने सहयोगी मोबाइल एप्स हो । मेरोएन्सर एप्सले आइओएम, आइओइ, भारतीय राजदूतावासबाट...

थप खबर...